जेन–जी आन्दोलनमा लुटिएका हतियार झाडीदेखि ओडारसम्म भेटिए
ekantipur.com · Mon Dec 22 18:07:10 GMT 2025

विराटनगर — भदौ २४ को जेन–जी प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट लुटिएका हतियार तथा गोलीगठ्ठा विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला पर्न थालेसँगै कोशी प्रदेशको सुरक्षा संयन्त्र सक्रिय देखिएको छ । खोलाका बगर, चिया बगान र झाडी क्षेत्रमा लुकाइएका ती हतियार प्रहरीले क्रमशः बरामद गरिरहेको छ ।
आइतबार दिउँसो बिर्तामोड नगरपालिका–६ स्यालडाँगीस्थित चिया बगानमा इन्सास राइफलको एक थान म्याग्जिन र मार्का थ्री राइफलका तीन राउण्ड गोली फेला पर्यो । प्रहरीका अनुसार बरामद म्याग्जिन र गोली जेन–जी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय अनारमनी (बिर्तामोड)को जिन्सी भण्डार कक्षबाट लुटिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)