सशस्त्र प्रहरीका सई हत्या प्रकरण : गोली प्रहार गरी मुख्य अभियुक्त पक्राउ
ratopati.com · Sun Sep 20 00:50:03 GMT 2026

सिराहा । सिराहामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको मृत्यु भएको घटनाका मुख्य अभियुक्तलाई प्रहरीले करिब २२ महिनापछि गोली प्रहार गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले बताएका छन् ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित मधुबनी जिल्ला ललमनियाँ थाना क्षेत्रका ३७ वर्षीय मोहम्मद कुर्बान मन्सुरी रहेका छन् । उनी घटनामा प्रयोग भएको टाटा सफारी गाडीका धनी तथा चालक रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)