सप्तरीमा १४ सय किलो गाँजा बरामद
nepalnews.com · Sun Sep 20 03:01:20 GMT 2026

सप्तरी। सप्तरीबाट १४ सय किलो गाँजासहित एक ब्यक्तिलाई नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार राति करिब पौने १ बजे सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका ६ स्थित कटैया गाउँमा भोला सदाको घर खानतलासी गरेर लागुऔषध गाँजासहित नियन्त्रणमा लिइएको हो।
सदाले घरमा ठूलो परिमाणको गाँजा लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले घरबाट ५६ वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)