सप्तरीबाट १४ सय किलो गाँजासहित एक जना पक्राउ
gorkhapatraonline.com · Sun Sep 20 03:40:35 GMT 2026

सप्तरीबाट प्रहरीले करिब १४ सय किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
डाक्नेश्वरी नगरपालिका–६ कटैया गाउँस्थित भोला सदाको घरबाट शनिबार राति गाँजा बरामद गरिएको हो । राति पौने १ बजे विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले सदाको घरमा खानतलासी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)