चक्कु प्रहार गरी युवकको हत्या गर्ने फरार अभियुक्त धानखेतबाट पक्राउ
annapurnapost.com · Sun Sep 20 04:36:55 GMT 2026

सिमरा : बाराको सिमरामा शनिबार साँझ चक्कु प्रहार गरी एक युवकको हत्या गर्ने आयुष राईलाई प्रहरीले धानखेतमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ। घटनालगत्तै फरार भएका २३ वर्षीय राईलाई प्रहरीले जितपुरसिमरा–१६ महेन्द्रनगरस्थित डाँडाटोलको धानखेतबाट राति ९:३० बजे नियन्त्रणमा लिएको हो।
सिमरास्थित नेपाल केबुल अगाडि रहेको सम्झना स्टाफ होटलमा बसिरहेका ३५ वर्षीय शेरबहादुर खड्कालाई होटलकै भान्छाको चक्कुले रेटेर राई फरार भएका थिए। घटना भएको पाँच घण्टामै राईलाई प्रहरीले धानखेतमा आफ्नै कपडाले मुख छोपेर लुकिरहेको अवस्थामा पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)