सप्तरीबाट १४ सय किलो गाँजा बरामद
kendrabindu.com · Sun Sep 20 05:13:44 GMT 2026

काठमाडौं । सप्तरीबाट १४ सय किलो गाँजासहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–६, कटैया गाउँका भोला सदा छन् ।
आइतबार (असोज ४) बिहान करिब पौने १ बजे प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । त्यसक्रममा लागुऔषध गाँजासहित उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)