ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु
reportersnepal.com · Sun Sep 20 07:29:53 GMT 2026

काठमाडौँ। सरकारले गत साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको ‘विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली’ (ईडीएल भिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम औपचारिक रूपमा सुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको अत्यधिक चाप र लामो समयदेखि थन्किएर रहेको छपाइ सम्बन्धी जटिल समस्या समाधान गर्न यो नयाँ प्रविधि अपनाएको हो।
नयाँ प्रणाली लागू भएसँगै नयाँ लाइसेन्स लिने तथा पुरानो नवीकरण गर्ने सम्पूर्ण प्रक्रिया थप द्रुत, सहज र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)