मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वन संरक्षण गर्दै भूमिहीनलाई जग्गा वितरण गर्छौ : मन्त्री अधिकारी

rajdhanidaily.com · Wed Jan 22 23:33:50 GMT 2025

कपिलवस्तु । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वन संरक्षण गर्दै भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने बताए। नवौँ चन्द्रौटा महोत्सवको उद्घाटन सत्रमा बोल्दै उनले सरकार भूमि सम्बन्धी समस्याहरू समाधान गर्न लागि परेको बताएका हुन्।

मन्त्री अधिकारीले यो सरकारले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या स्थायी रूपमा समाधान गर्ने बताए । वन मासेर जग्गा वितरण गर्न लागेको भन्दै अफवाह धेरै फैलाइएको बताउँदै उनले वन संरक्षण गर्दै भूमिहीनलाई जग्गा वितरण गर्ने बताएका छन्। नेपालीहरूको भूमि सम्बन्धी समस्याहरू समाधान गर्नको लागि भूमि समस्या समाधान आयोग बनेको बताए । उनले भने ” देशभर भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित गरी ११ लाखभन्दा बढी परिवारहरूको समस्या हल गरेर मुलुकलाई समृद्ध बनाउनको लागि आयोगले गर्ने काम एउटा कोशे ढुङ्गा बन्ने छ।”

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)