भैरहवामा ट्याङ्करको सिल तोडेर डिजेल चोरी, सम्भावित संलग्नताबारे अनुसन्धान सुरु
ratopati.com · Sun Sep 20 09:56:12 GMT 2026

बुटवल । रुपन्देहीको भैरहवास्थित लुम्बिनी रोडमा रहेको सर्राफ आयल पेट्रोल पम्पमा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकालिएको प्रकरणमा प्रहरीले चालक र पम्प सञ्चालकसँगै अन्य व्यक्तिको सम्भावित संलग्नताबारे समेत अनुसन्धान अघि बढाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले गत मंगलबार (भदौ ३० गते) सर्राफ आयल पम्पमा छापा मार्दा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकालिरहेको अवस्थामा दुई वटा ट्याङ्कर फेला पारेको थियो । अर्को एउटा ट्याङ्करले तेल खन्याएर बाहिर निस्किसकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)