सुनका गरगहना र नगद चोरी गरेको आरोपमा झापामा एक युवक पक्राउ
annapurnapost.com · Sun Sep 20 10:35:48 GMT 2026

झापा : झापाको दमकमा घरभित्र प्रवेश गरी सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रवि घर भई हाल दमक नगरपालिका–५ मा डेरा गरी बस्ने १९ वर्षीय दीपक राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार दमक–२ बस्ने ३३ वर्षीया मिनिषा तामाङको घरमा असोज २ गते साँझ करिब ७ बजे चोरी भएको थियो। घरमा कोही नभएको मौका छोपी अज्ञात व्यक्ति घरभित्र प्रवेश गरी दराज फुटाएर एक थान सुनको सिक्री, दुई थान बच्चाको तीन तोलाको सुनको चुरा, दुई थान सुनको पिँजडा, एक थान सुनको तिलहरी तथा नगद २० हजार रुपैयाँ चोरी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)