मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब ओलीजीको भूमिका कस्तो हुन्छ, त्यसैमा हाम्रो रणनीति तय हुन्छ : भीम रावल

nayapatrikadaily.com · Thu Jun 10 22:30:00 GMT 2021

सर्वोच्च अदालतको आदेशलेप्रकाश ज्वालासहित कर्णाली प्रदेशमा एमालेका चार सांसद पुनर्वहाली भएका छन् । ओलीले २८ फागुनमा बनाएको १०औँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिन पनि अदालतले अस्वीकार गरेको छ । यसले एमालेमा के फरक पर्छ ?

२३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलाविपरीत ओलीले २८ फागुनमा जुन निर्णय गर्नुभयो, त्यो अवैध छ भन्दै आएका छौँ । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनविपरीत, पार्टी विधानविपरीत र सर्वोच्चको फैसलाविपरीत भएका कारण त्यो अवैध छ भन्ने थियो । ओलीजीले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरेर कथित दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अध्यक्ष हुँ भनेर जे भन्नुभएको थियो, त्यसको मतलब उहाँले स्वयंलाई नै अवैध घोषणा गर्नुभएको हो । आज सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेशबाट दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको निर्णय भनेर नेकपा एमालेको लेटरप्याडमा भएका कामकारबाही अवैध घोषित भएका छन् । त्यो आयोजक कमिटीले गरेको निर्णय भनेको एमालेको निर्णय ठहर्दैन भनेको छ । प्रकारान्तरले ओलीले बनाएको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई खारेज गरिदिएको छ र त्यो कमिटीले गरेका सबै निर्णय पनि खारेज भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)