मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पेस्तोल र गोलीसहित पक्राउ

gorkhapatraonline.com · Sun Sep 20 17:59:12 GMT 2026

रुपन्देही प्रहरीले पेस्तोल र चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । सियारी गाउँपालिका–२ का अजय चौधरीलाई सिद्धार्थनगर नगरपालिका–७ स्थित विद्यापथबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

चोरीको मोटरसाइकलमा नक्कली कागजात तयार गरी बेचबिखन गर्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो । त्यसक्रममा उनको साथबाट टाइप ५४ जस्तो देखिने एक थान पेस्तोल, त्यसको चार राउन्ड गोली, एउटै फोटो भएको दुई थान ब्लुबुक र चार थान भारतीय आधारकार्ड बरामद भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)