बालकोट छलफलमा ओलीको माग : हामीलाई संसदभित्र प्रवेश गर्ने ढोका खोलिदिनुस्
Ujyaaloonline.com · Fri Feb 25 17:27:10 GMT 2022
काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा रहेको ओली निवासमा आज बेलुकी भएको भेटवार्ता सकिएको छ । उहाँहरूबीच संसद् अवरोध हटाउने र संसदमा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सबैको सहमतिमा पारित गर्नेबारेमा छलफल भएको बैठकपछि नेताहरूले जानकारी दिनुभएको छ ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष नेता ओलीसँग आफ्नो अडान छाडेर राष्ट्रियहितका लागि एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौंँ भन्ने प्रस्ताव गर्नुभएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)

नेपाली कांग्रेस