नक्कली ब्युबुक बनाउने व्यक्ति पेस्तोल र गोलीसहित पक्राउ
kendrabindu.com · Mon Sep 21 01:30:29 GMT 2026

रुपन्देही । रुपन्देही प्रहरीले पेस्तोल र चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। सियारी गाउँपालिका–२ का अजय चौधरीलाई सिद्धार्थनगर नगरपालिका–७ स्थित विद्यापथबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
चोरीको मोटरसाइकलमा नक्कली कागजात तयार गरी बेचबिखन गर्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)