चाडपर्व लक्षित यातायात व्यवस्थापनका लागि विभागले बोलायो सरोकारवालाको बैठक
ratopati.com · Mon Sep 21 04:08:33 GMT 2026

काठमाडौँ । नजिकिँदै गरेको विजया दशमी, तिहार तथा छठ लगायतका प्रमुख चाडपर्वहरूलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि यातायात व्यवस्था विभागले सरोकारवाला निकायहरूको संयुक्त बैठक बोलाएको छ।
चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिरिने तथा उपत्यका भित्रिने यात्रुहरूका साथै देशभरका अन्य मुख्य गन्तव्यहरूको यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सहजीकरण गर्ने उद्देश्यले विभागले छलफल आयोजना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)