युट्युबर मनोज मानव उदयपुरबाट पक्राउ
barnanmedia.com · Mon Sep 21 04:45:33 GMT 2026

सामाजिक सञ्जालमा अशिष्ट र आधारहीन सामग्री सम्प्रेषण गरी विभिन्न व्यक्तिहरूको चरित्रहत्या गर्ने मनोज मानव भन्ने युट्युबर मनोजकुमार महतो पक्राउ परेका छन् । सिरहा प्रहरीले उदयपुर प्रहरीको सहयोगमा चतरा पुलस्थित एक होटलबाट आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
लहान नगरपालिका–२४ का बासिन्दा महतोविरुद्ध सिरहा प्रहरीमा साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पारेको कसुरमा जाहेरी दर्ता छ । यसै जाहेरीका आधारमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)