जनकपुरमा ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गर्ने दुई जना पक्राउ, अन्यको खोजी तीव्र
ratopati.com · Mon Sep 21 06:24:12 GMT 2026

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक सरोज साहमाथि हातपात तथा कुटपिटमा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चिकित्सक माथि हातपात गरेको आरोपमा धनुषा, औरही गाउँपालिका, वडा नम्बर २ बस्ने वर्ष २० का विजय मुखिया र जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ बस्ने वर्ष २६ की सुधिरा मुखिया बिनलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका दुवै जनालाई धनुषा जिल्ला अदालतबाट ३ दिनको म्याद लिई थप अनुसन्धान जारी रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)