नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा
ratopati.com · Mon Sep 21 07:05:30 GMT 2026

काठमाडौँ । काठमाडौँको बल्खुबाट नक्कली नोट देखाइ प्रलोभनमा पारी ठगी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। आरोपीहरूले १० लाख रुपैयाँ सक्कली नेपाली नोट ल्याए ३० लाख रुपैयाँ नक्कली नेपाली नोट दिने भन्दै प्रलोभनमा पारेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)