मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुला गरिने
annapurnapost.com · Mon Sep 21 11:50:50 GMT 2026

काठमाडौं : यातायात व्यवस्था बिभागले प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ।
चार्डपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका बिषयमा सोमबार काठमाडौंमा सरोकारवाला निकायसंग छलफल गर्दै बिभागले हाल जारी विपद् र केहि दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्र दसैँको अग्रिम टिकट बुकिङ खुला गर्नु उपयुक्त हुने सरोकारवालाहरूको सुझावअनुसार आवश्यक निर्णय गरिने जनाएको हो। साथै चाडपर्वमा चल्ने लामो दूरीका सवारीसाधनको ’भेहिकल फिटनेस टेस्ट’ औपचारिकतामा मात्र सीमित नगरी कडाइका साथ वास्तविक परीक्षण गरेर मात्र रूट परमिट दिन निर्देशन दिइने बिभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)