दशैँमा गाडीको चेकजाँचबारे व्यवसायी सरोज सिटौलाको आग्रह- ‘एक ठाउँमा जाँच गरेर सर्र आउन दिनुस्’
kalakarmi.com · Mon Sep 21 11:57:42 GMT 2026

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा सार्वजनिक यातायातका सवारीसाधनलाई बाटैपिच्छे जाँच नगरी गन्तव्यसम्म सहज रूपमा पुग्ने वातावरण बनाउन आग्रह गरेका छन् ।
सोमवार विजया दशमी, दीपावली, छठ लगायतका चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापन तथा काठमाडौं उपत्यकाबाट बाहिर जाने र बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने यात्रुलाई सहज र सुरक्षित बनाउने सम्बन्धमा आयोजित छलफलमा बोल्दै सिटौलाले सवारीसाधनलाई निश्चित स्थानमा जाँच गरेर त्यसपछि सहज रूपमा गन्तव्यतर्फ जान दिनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)