सवारी साधनमा हुने आगलागीको निष्पक्ष छानबिन गर्न सिटौलाको माग
ratopati.com · Mon Sep 21 12:22:35 GMT 2026

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सवारी साधनमा भइरहेका आगलागी तथा दुर्घटनाका विषयमा निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् । यातायात व्यवस्था विभागले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले त्रिपुरेश्वरमा चालक र सवारी साधन दुवै जलेको घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्ने बताएका हुन्।
देशका विभिन्न स्थानमा पटक–पटक सवारी साधनमा आगलागी भइरहेको विषयमा राज्य गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन्। विशेष गरी विद्युतीय सवारीसाधन (ईभी), माइक्रो बस तथा बसमा आगलागी हुँदा यात्रु र चालक समयमै बाहिर निस्कन नसक्ने अवस्था बनेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)