बाढी प्रभावित पूर्वाधार पुनर्निर्माण गर्न संसदीय समितिको निर्देशन
ratopati.com · Mon Sep 21 13:26:06 GMT 2026

काठमाडौँ। पूर्वाधार विकास समितिले रसुवा, नुवाकोट र धादिङमा बाढी तथा पहिरोले क्षति पुर्याएका पूर्वाधारहरूको तत्काल यथार्थ विवरण तयार गरी पुनर्निर्माणको कार्ययोजना ल्याउन सरकारलाई निर्देशन दिएको छ।
साथै, नजिकिँदै गरेका दसैँ, तिहार र छठ पर्वमा सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन एक उपसमिति समेत गठन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)