१२ लाख बढीको निर्माण सामग्री चोरी गर्ने दुई जना पक्राउ
gorkhapatraonline.com · Mon Sep 21 14:20:40 GMT 2026

नवलपुरको कावासेतीमा निर्माणाधीन नमूना सदरमुकाम स्थलबाट निर्माण सामग्री चोरी गर्ने दुई जनालाई प्रहरीले एक वर्षपछि पक्राउ गरेको छ ।
१२ लाख ७५ हजार ७५० रुपियाँ बराबरका निर्माण सामग्री चोरी गर्ने दुई जनालाई पक्राउ गरी चोरी सम्बन्धि कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)