मर्यादा विपरीतका गतिविधिमा संलग्न १४ जना पक्राउ
lokaantar.com

काठमाडौं । काठमाडौंको गौशाला–पिंगलास्थान क्षेत्रमा सार्वजनिक मर्यादा विपरीतका कार्य तथा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गौशाला क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारणलाई लक्षित गरी अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)