त्रिपुरेश्वरमा बस आगजनी प्रकरण : ७ सदस्यीय छानबिन समिति गठन
ratopati.com · Mon Sep 21 15:37:00 GMT 2026

काठमाडौँ । त्रिपुरेश्वर–टेकु सडकखण्डअन्तर्गत त्रिपुरेश्वरको पार्किङ बेमा रोकिराखिएको बा.५ ख ४२७४ नम्बरको बसमा भएको आगजनी घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले छानबिन समिति गठन गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार घटनाको अनुसन्धान तथा छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैहेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)