त्रिपुरेश्वर बस आगजनी प्रकरण : बन्यो दुई छानबिन समिति
ratopati.com · Mon Sep 21 15:52:50 GMT 2026

काठमाडौँ । त्रिपुरेश्वर–टेकु सडकखण्डअन्तर्गत त्रिपुरेश्वरको पार्किङ वेमा रोकिराखिएको बा.५ ख ४२७४ नम्बरको बसमा भएको आगजनी घटनाको सत्यतथ्य पत्ता लगाउन दुई वटा छुट्टाछुट्टै छानबिन समिति गठन गरिएको छ।
घटनाको छानबिनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैहेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ। यस्तै, उपत्यका प्रहरी कार्यालयले पनि एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छुट्टै समिति गठन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)