कर्णाली प्रदेशमा १२९ फरार प्रतिवादी पक्राउ
baahrakhari.com · Mon Sep 21 17:11:24 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशमा भदौ महिनामा १२९ फरार प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीको मासिक विवरणअनुसार भदौमा १२९ जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँच महिला र १२४ पुरुष छन्। यस्तै, फैसला कार्यान्वयनतर्फ थप ४३ जना पक्राउ परेका छन्। उनीहरूबाट १२ वर्ष सात महिना कैद तथा सात लाख एक हजार ३१ रुपैयाँ जरिवाना कार्यान्वयन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)