हाइटीका राष्ट्रपति मोइस हत्याका १८ संदिग्ध अमेरिकी अदालतमा
barnanmedia.com · Mon Sep 21 20:15:00 GMT 2026

सन् २०२१ मा हाइटीका राष्ट्रपति जोभेनल मोइसको हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका १८ जना संदिग्धलाई मुद्दा चलाउन हाइटीबाट अमेरिकाको फ्लोरिडा पुर्याइएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
५३ वर्षीय राष्ट्रपति मोइसको सन् २०२१ जुलाई ७ मा राजधानी पोर्ट–अ–प्रिन्सस्थित आफ्नै निजी निवासमा गोली हानी हत्या गरिएको थियो । घटनामा सैन्य तालिम प्राप्त करिब २० जना कोलम्बियाली भाडाका सैनिक संलग्न रहेको बताइएको छ । घटनाका बेला राष्ट्रपतिको सुरक्षा टोलीले उहाँलाई जोगाउन प्रभावकारी भूमिका निर्वाह नगरेको आरोपसमेत लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)