भारतीय ब्याट्सम्यान भर्सेस पाकिस्तानी बलर : कसको पल्ला भारी ?
ratopati.com · Sat Sep 02 06:29:00 GMT 2023
क्यान्डी । श्रीलंकाको क्यान्डीमा जारी एसिया कपको समूह चरणको खेलमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान शनिबार आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
राजनीतिक कारणले दुई देशबीच कुनै द्विपक्षीय शृङ्खला नहुने भएकाले फ्यानहरू उनीहरूबीचको कुनै पनि खेलको उत्सुकतापूर्वक प्रतीक्षा गर्छन् । धेरै हिसाबले यो खेल यस वर्ष हुने क्रिकेट विश्वकपको पूर्वाभ्यास हो । अष्ट्रेलियामा भएको टी-२० विश्वकपमा पाकिस्तानी फास्ट बलर ह्यारिस राउफविरुद्ध विराट कोहलीले गरेको विस्फोटक ब्याटिङलाई मानिसहरूले अझै सम्झन्छन्। मेलबर्नको मैदानमा ह्यारिसको बलमा कोहलीको ब्याटले प्रहार गरेको त्यो 'लफ्टेड सिक्स' अहिले क्रिकेट किंवदन्तीको हिस्सा बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)