अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
reportersnepal.com · Tue Sep 22 07:35:41 GMT 2026

कञ्चनपुर, ६ असोज । लालझाडी गाउँपालिका-१ डाँडाबिच्छुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ९ सय २३ मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१० घुईयाघाट बस्ने २४ वर्षीय सागर चौधरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यायल त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से.७ प १४१६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गज्जरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ६ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बाणी बस्ने ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने ४३ वर्षीय महेश प्रसाद भट्ट रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)