भैरहवामा ट्याङ्करबाट तेल चोरी प्रकरण : चालकविरुद्ध चोरी मुद्दा, पम्प सञ्चालक फरार
ratopati.com · Tue Sep 22 08:34:46 GMT 2026

बुटवल । रुपन्देहीको भैरहवास्थित लुम्बिनी रोडमा रहेको सर्राफ आयल पेट्रोल पम्पमा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकालिएको प्रकरणमा प्रहरीले पम्प सञ्चालक रमेश सराफलाई अझै पक्राउ गर्न सकेको छैन ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले भदौ ३० गते सर्राफ आयल पम्पमा छापा मार्दा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकालिरहेको अवस्थामा दुई वटा ट्याङ्कर फेला पारेको थियो । अर्को एउटा ट्याङ्करले तेल खन्याएर पम्पबाट बाहिरिसकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)