मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ता गठबन्धन : १ नम्बर प्रदेशका स्थानीय तहमा तालमेल अन्योल

annapurnapost.com · Mon Apr 18 00:43:00 GMT 2022

फिदिम : सत्ता साझेदारी दलका शीर्ष नेताहरूले स्थानीय तहमा गठबन्धन गरेर चुनावमा भाग लिन दिएको निर्देशन पूर्वका जिल्लाहरूमा कार्यान्वयन नहुने देखिएको छ। १ नम्बर प्रदेशका जिल्लास्थित नेताहरू केन्द्रीय निर्देशनविपरीत चुनावको तयारीमा छन्। यस्तो तयारीले पाँच दलीय गठबन्धन सकसमा छ। गठबन्धनमा आबद्ध दलका नेताहरूले एक अर्का पार्टीलाई चुनावी तालमेल गर्न इमान्दार नबनेको आरोप लगाउन थालेका छन्।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच सिट बाँडफाँटमा कुरा नमिलेपछि प्रदेश १ मा गठबन्धन धर्मराएको हो। सिट बाँडफाँटमा कांग्रेस र माओवादीबीच ठूलो मतभेद छ। कांग्रेसको अस्वाभाविक दाबीका कारण गठबन्धन धर्मराएको माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष हर्क नेम्बाङको आरोप छ। ‘प्रदेशमा गठबन्धन धर्मराएको छ,’ नेम्बाङले भने, ‘कांग्रेसका कारण गठबन्धन समस्यामा परेको हो। तर, हामी गठबन्धनलाई भत्कन नदिने कोसिमा छौं।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)