आफैंले चलाएको बससँगै जलेका अर्जुन, कस्तो छ उनको पृष्ठभूमि ?
baahrakhari.com · Tue Sep 22 09:47:49 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालक अर्जुन दोङ तामाङको शव परिवारले बुझ्न अस्वीकार गरेका छन् । मकवानपुर इन्द्रसरोवर गाउँपालिका–३ का स्थायीबासी अर्जुन रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बस चलाउँदै आएका थिए ।
सोमबार दिउँसो भने ट्राफिक प्रहरीसितको विवादपछि अर्जुनले बसभित्रबाट आफैँले आगो लगाएर आत्मदाह प्रयास गरे । प्रहरीले आगो लाग्दै गरेको बसभित्रबाट अर्जुनको उद्धार गरेको थियो । उपचारकै क्रममा रहेका अर्जुनको कीर्तिपुरस्थित वर्न अस्पतालले सोमबार नै मृत घोषणा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)