ठमेलबाट ५८ जना विदेशी नियन्त्रणमा, ६ जनालाई अध्यागमन विभाग पठाइयो
ratopati.com · Tue Sep 22 11:22:01 GMT 2026

काठमाडौँ। प्रहरीले काठमाडौँको ठमेलमा स्विप अपरेशन सञ्चालन गरेर ५८ जना विदेशीलाई नियन्त्रणमा लिएको छ । सोमबार राति काठमाडौँको ठमेल क्षेत्रबाट प्रहरीले चिनियाँ नागरिक र बङ्गलादेशका नागरिकहरूलाई अनुसन्धानको लागी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका मध्ये ४ जना बङ्गलादेशी नागरिक भिसाको प्रयोजन विपरीत बसेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलिप घिमिरेले रातोपाटीलाई बताए । आइटी क्षेत्रमा काम गर्ने भिसा लिएर उनीहरुले काठमाडौँको कपडा पसलमा काम गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)