त्रिपुरेश्वर बस चालक मृत्यु प्रकरण : छानबिन आयोगदेखि गृहमन्त्रीको जवाफसम्म माग
kalakarmi.com · Tue Sep 22 11:28:07 GMT 2026

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि सार्वजनिक बसमा आगलागी हुँदा चालक अर्जुन लामा दोङको मृत्यु भएको घटनालाई लिएर प्रतिनिधिसभामा सांसदहरूले गम्भीर प्रश्न उठाएका छन् । मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले घटनाको निष्पक्ष छानबिन, सरकारको जवाफदेहिता, ट्राफिक प्रहरीको व्यवहारमा सुधार तथा युवामा बढ्दो निराशाको कारण पहिचान गर्न माग गरेका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरे ।उनले ट्राफिक प्रहरी र चालकबीच विवाद भएपछि बसमा आगलागी भएको र चालकको मृत्यु भएको घटनालाई सामान्य आवेगको घटनाका रूपमा मात्र लिन नहुने बताए । दुलालले चालकले आफूलाई थप दबाब दिइएमा आफ्नो ज्यान जाने चेतावनी दिएको दावी गर्दै उक्त विषय सम्बन्धित व्यक्तिमार्फत ट्राफिक प्रहरी तथा राज्यका निकायसम्म पुगे पनि समयमै संवेदनशीलता नदेखाइएको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)