सुदूरपश्चिममा लागूऔषध र अपराध नियन्त्रणमा सक्रिय डिआइजी भट्टराई, एक महिनामै देखिए सुधारका सङ्केत
nepalpress.com · Wed Jul 22 02:37:58 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेको छोटो अवधिमै प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले लागूऔषध नियन्त्रण, अपराध अनुसन्धान, तस्करी रोकथाम, ट्राफिक व्यवस्थापन तथा प्रहरी संगठनभित्र सुशासन कायम गर्ने अभियानलाई तीव्रता दिएका छन्।
डीआईजी भट्टराई अघिल्लो महिना सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न आएका हुन्। पदभार ग्रहण गरेलगत्तै उनले अघिल्लो नेतृत्वका बेला गरिएको ४ सय ४४ जना प्रहरी कर्मचारीको काज सरुवा बदर गर्दै प्रहरी संगठनभित्र पारदर्शिता, अनुशासन र सुशासनलाई प्राथमिकतामा राखेका थिए। यसअघि २७ असोज २०८१ मा तत्कालीन प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले गरेको काज सरुवामा ठूलो आर्थिक चलखेल भएको आरोप लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)