म्याक्स होटलमा प्रहरीको छापा, ४२ जना पक्राउ
gorkhapatraonline.com · Tue Sep 22 16:52:57 GMT 2026

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित होटल म्याक्समा ठुलो परिमाणमा अनलाइन जुवा भइरहेको सूचनाको आधारमा प्रहरीले मङ्गलबार राति करिब आठ बजे छापा मारेर अनलाइन जुवा खेलाउने ४२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले दिनुभएको जानकारी अनुसार पक्राउ पर्नेमा ४० जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेका छन् । उहाँले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू अनलाइन सट्टेबाजीमा सङ्लग्न रहेको खुलेको जनाउँदै पक्राउ परेकाहरूको साथबाट २८ वटा ल्यापटप र ७८ वटा मोबाइल फोन बरामद भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)