‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ
ratopati.com · Tue Sep 22 19:41:17 GMT 2026

बाँके । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले मंगलबार ४० जना भारतीय नागरिकसहित ४२ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये अन्य दुई जना नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूका साथबाट प्रहरीले २८ थान ल्यापटप र ७८ थान विभिन्न कम्पनीका मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)