मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठबन्धनबारे कांग्रेसमा बहस, बालुवाटारमा तरंग

ekantipur.com · Thu Feb 22 01:21:21 GMT 2024

काठमाडौँ — कांग्रेस महासमिति बैठक सुरु भएकै दिन सोमबार बेलुका पदाधिकारीको बैठकबीच कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर भने, ‘पार्टीभित्र बहस भए पनि गठबन्धनबारे शंका नगर्नुस् ।’ उनलाई दाहालको प्रश्न थियो, ‘महासमितिले तत्काल गठबन्धन तोड्ने निर्णय त गर्दैन नि ?’ देउवाको छोटो उत्तर थियो, ‘०८४ को निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने मात्र बहस हो ।’

त्यसको अर्को दिन मंगलबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगे । एमाले केन्द्रीय कमिटी बैठकपछि ओली दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । दुवै नेताले राजनीतिक सन्देश दिन मात्र भेटेका हुन् कि अर्को समीकरणको तयारी हो ? यसबारे दुवै शीर्ष नेताले मुख खोलेका छैनन् । तर दाहाललाई बुझेका एक नेताले उनी जहिले पनि दुई विकल्प सँगै लिएर हेर्ने नेता हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)