चुनावपछि शक्तिमा फर्किने ओलीको दाबी
ekantipur.com · Mon Sep 12 00:49:15 GMT 2022
काठमाडौँ — सत्तारूढ पाँच दलले आगामी चुनावमा गठबन्धन गरेरै प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका बेला एक्लै चुनावमा होमिन लागेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुन: शक्तिमा फर्किने दाबी गरेका छन् ।
कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’ समापन सत्रको ‘नीति, थिति र राजनीति’ संवादमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले शक्तिमा पुनरागमनलाई रामायणका राम र महाभारतका पाण्डवको वनवासको प्रसंगसँग तुलना गरे । ओलीले राम र पाण्डवलाई वनवास पठाएको भन्दा फर्किएको विषय गर्विलो हुने बताए । ‘त्यस्तो बलवान र विद्वानलाई वनवास पठाउनका लागि एउटा मन्थराको षड्यन्त्र काफी भयो, कुनै सेनाले पराजित गरेर रामलाई वनवास पठाएको होइन, पाण्डवजस्ता बलवानलाई एउटा सकुनी षड्यन्त्र र जालझेलले वनवास र गुप्तवासमा जान बाध्य बनाएको थियो,’ उनले भने, ‘धेरै मन्थरा र सकुनीहरू भएको ठाउँमा म जाबोलाई हटाउन के गाह्रो भयो र ? तर के हेक्का राख्नुपर्छ भने राम पनि वनवासबाट फर्किएका थिए, पाण्डव पनि फर्किएका थिए । गौरब रामलाई वनवास पठाएकोमा गर्ने कि फर्किएकोमा गर्ने भन्ने हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)