वीरगन्जमा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमसहित २ युवक पक्राउ
himalpress.com · Wed Sep 23 03:31:33 GMT 2026

काठमाडौँ- वीरगन्जमा लागू औषध ब्राउन सुगर र अफिमसहित दुईजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागू औषध खरिद विक्री कार्य भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा यस कार्यालय तथा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगन्ज पर्साबाट खटिएको संयुक्त प्रहरी विशेष टोलीले गएराति चेकजाँचको क्रममा ब्राउन सुगर १५४ ग्राम तथा ११ ग्राम ५९ मिलिग्राम अफिमसहित उनीहरूलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)