१५४ ग्राम ब्राउनसुगरसहित पर्साबाट दुई जना पक्राउ
nepalnews.com · Wed Sep 23 05:19:50 GMT 2026

पर्सा। पर्सा प्रहरीले लागुऔषध ब्राउनसुगर कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका–२ का ४६ वर्षीय रेयाज आलम र जगरनाथपुर गाउँपालिका–६ माधोपुरका ३७ वर्षीय सन्तोषप्रसाद पटेल रहेका छन्।
मंगलबार बेलुका प्रहरीले उनीहरूलाई वीरगन्ज महानगरपालिका–१५ चालिस फिटे सडकबाट पक्राउ गरेको हो। बीआर ०५ बीएल १६८९० नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट प्रहरीले १५४ ग्राम ब्राउनसुगर बरामद गरेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)