यसरी बचाउन सकिन्थ्यो चालक तामाङलाई
annapurnapost.com · Wed Sep 23 06:29:48 GMT 2026

काठमाडौं : सोमबार बिहान साढे १० बजे। मूलपानीबाट थानकोटका लागि छुटेको रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बस त्रिपुरेश्वर पुगेको थियो। बसस्टपमा बस रोक्न खोज्दा अगाडि भएको मोटरसाइकलले चालक अर्जुन दोङ तामाङलाई डिस्टर्ब गर्यो। उनले मोटरसाइकल हटाउन बसको हर्न बजाए। त्रिपुरेश्वरको ड्युटीमा खटिएका ट्राफिक प्रहरीले चालक तामाङलाई हर्न बजाउन नपाइने सम्झाउँदै कागजात मागे। चालक अर्जुनले आफ्नो गल्ती नभएको भन्दै आवश्यक कागजात दिन इन्कार गरे। उपत्यकामा सवारी साधनको हर्न बजाउन नपाइने नियम छ।