ओलीको निर्णयमा अडियो संसदको गतिरोध
onlinekhabar.com · Sun May 12 16:54:44 UTC 2024

३० वैशाख, काठमाडौं । सहकारी अनियमितताबारे छानबिन गर्न समिति गठन गर्ने कि नगर्ने भन्ने विवाद प्रमुख सत्तारुढ घटक नेकपा एमालेमा गएर अड्किएको छ ।
अहिलेसम्म एमाले अध्यक्ष केपी शर्मा ओली कुनै पनि अवस्थामा समिति गठन गर्न तयार भएका छैनन् । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने छानबिन समिति गठन नभए १ जेठको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नाराबाजी गर्ने चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)