चार दिन बाढी पहिरोको जोखिम : अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न आग्रह
ratopati.com · Wed Sep 23 07:47:50 GMT 2026

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशका विभिन्न भागमा भारी वर्षा भई बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । महासङ्घले असोज ८ गतेदेखि १२ गतेसम्म विपद्को उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी, चालक, सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपिल गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागको पूर्व सूचनालाई आधार मान्दै महासङ्घले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)