ब्राउन सुगरसहित दुई जना पक्राउ
khabarhub.com · Wed Sep 23 07:59:09 GMT 2026

वीरगन्ज – नेपाल प्रहरीले लागूऔषध १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिग्राम अफिमजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको टोलीले आज सो ब्राउन सुगरसहित उनीहरूलाई कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरेको नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)