मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जीपका सहचालकलाई नियन्त्रणमा लिएर बन्दक बनाएको भन्दै पाँच जनाविरुद्ध उजुरी दर्ता

barnanmedia.com · Wed Jul 31 21:46:50 UTC 2024

कैलालीको मोहन्याल गाउँपालिका–७ को पितमारी खोलाबाट सोमबार राति जीपका सहचालकलाई नियन्त्रणमा लिएर बन्दक बनाएको भन्दै पाँच जनाविरुद्ध उजुरी परेको छ ।

लम्कीचुहा नगरपालिका–९ बस्ने जीपका सहचालक लोकेन्द्र चौधरीले पाँच जनाविरुद्ध अपहरण तथा शरीर बन्धक शिर्षकमा किटानी जाहेरी दर्ता गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कान्तिराज जोशीले लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने नारायण शाही, गोविन्द साउँद, भावेश सापकोटा, सागर शाह र हेमन्त पौडेलविरुद्ध किटानी हेरी परेको जानकारी दिए । उनकाअनुसार किटानी जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)