१५४ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
reportersnepal.com · Wed Sep 23 08:33:06 GMT 2026

वीरगन्ज (पर्सा), ७ असोज । नेपाल प्रहरीले लागुऔषध १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिग्राम अफिमजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
लागुऔषध कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको टोलीले आज सो ब्राउन सुगरसहित उनीहरुलाई कारोबारमा संलग्न भएको अरोपमा पक्राउ गरेको नायब उपरिक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)