इलाममा खाली ट्रकभित्र फल्स बटम बनाएर तस्करी, १५ क्विन्टल गाँजा बरामद
nagariknews.nagariknetwork.com · Wed Sep 23 10:07:43 GMT 2026

मेची राजमार्गको इलाम नगरपालिका-९ गोलाखर्कबाट प्रहरीले १५ क्विन्टल गाँजा बरामद गरेको छ। मंगलबार साँझ करिब साढे ६ बजे चेक जाँचक्रममा ट्रकमा फिक्कलतर्फ लैजाँदै गरिएको ४१ बोरा गाँजा प्रहरीले बरामद गरि बुधबार सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालयका एसपी कुलदीप चन्दले इलाम-पाँचथरको सीमा राँकेबाट इलाम बजार हुँदै गोलाखर्कबाट राजदुवाली भएर फिक्कलतर्फ जानलागेको अवस्थामा ना ४ ख ८०९६ नम्बरको ट्रकमा शंका लागि चेकजाँच गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)