सर्वोच्चको फैसलाको स्वागतमा नेविसंघले गर्याे दीप प्रज्वलन (तस्बिरहरू)
baahrakhari.com · Mon Jul 12 16:58:00 GMT 2021
काठमाडौं । सर्वोच्च अदालतले गरेको फैसलालाई स्वागत गर्दै नेविसंघले दीप प्रज्वलन गरेको छ । सोमबार साँझ नेविसंघले संसद् विघटन खारेज गर्दै सर्वोच्चले सुनाएको फैसलाको स्वागत गर्दै काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको हो ।
दिपप्रज्वलन कार्यक्रममा नेविसंघका नेता कार्यकर्ताहरूले ‘यो जित कस्को जनताको’, ‘लोकतन्त्र हाई हाई’, ‘ओलीतन्त्र बाई बार्ई’ जस्ता नारा लगाएका थिए । उनीहरूले राष्ट्रिय गीतसमेत गाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)